रौतहटमा कांग्रेस बन्यो ठूलो दल

रौतहट । स्थानीय तह निर्वाचनको मतपरिणाममा रौतहटमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले सात, नेकपा एकीकृत समाजवादीले चार, एमालेले तीन, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको हो ।
नेपाली कांग्रेससँग अहिले १४ जना पालिका प्रमुख र उपप्रमुख छन् । रौतहटमा कांग्रेसले सात पालिकामा जित हात पारेको हो । कांग्रेसले फतुवा विजयपुर नगरपालिका, राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण नगरपालिकामा जित हात पार्दै जिल्लाको ठूलो दल हुन सफल भएको छ । कांग्रेससँग सात प्रमुख र सात उपप्रमुख गरी १४ सहित ठूलो दल बनेको हो ।
यस्तै, एकीकृत समाजवादीले चार पालिकामा जित हासिल गर्दै दोस्रो ठूलो दल बनेको छ । एकीकृत समाजवादीले वृन्दावन नगरपालिका, गौर नगरपालिका, बौधीमाई नगरपालिका र राजदेवी नगरपालिकामा विजयी भएको छ ।
एमालेले देवाही गोनाही नगरपालिका, गरुडा नगरपालिका र मौलापुर नगरपालिकामा जित हात तेस्रो ठूलो दल बनेको छ । २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक तीन पालिकामा जित हात पार्दै तेस्रो ठूलो दल बन्न सफल भएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा जित हासिल गर्दै चौथो स्थानमा छ । गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जित हात पार्दै दुबै पाँचौं स्थानमा छन् ।
२०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक हालसम्ममा एयटा पालिकामा जित हासिल गरेको हो ।
















काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
नेप्से दोहोरो अंकले घट्दा साढे ८ अर्बकाे काराेबार
झापा–३ मा १७ उम्मेदवार चुनावी मैदानमा
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने
जिली ईएक्स५ को २०२६ मोडल नेपालमा सार्वजनिक
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया