नेकपा एसका उम्मेदवार बने वडा नम्बर १५ को अध्यक्ष
मेरोन्यूज
२०७९ जेठ १२ गते १४:५७
काठमाडौँ । काठमाडौँ महानगर १५ को वडाध्यक्षमा ईश्वरमान डंगोल विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार उनले नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोललाई पराजित गरेका हुन् ।
ईश्वरमान तीन हजार ४७६ मतसहित दोस्रो कार्यकालका लागि अनुमोदन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवनले एक हजार ५७२ मत मात्रै प्राप्त गरे ।
यस्तै चार सदस्यका लागि नेकपा एसका उम्मेदवारहरू नै विजयी भएका छन् । वडा सदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी भएका छन् ।
योसँगै नेकपा एसले काठमाडौँ महानगरमा एक वडाध्यक्ष आफ्नो पक्षमा पार्न सफल भएको छ ।
सम्बन्धित
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया