संसदबाट केपी ओलीले खोजे लिम्पियाधुरा, लिपुलेक

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारको नीति तथा कार्यक्रममा बोल्दै लिम्पियाधुरा, कालापानी, लिपुलेक खोजेका छन् । उनले यी स्थानबारे नीति तथा कार्यक्रम मौन बसेको आरोप लगाए ।
त्यसपछि बोलेका एमालेका सांसदहरूले पनि नीति तथा कार्यक्रमले सीमा विवादबारे मौन बसेको आरोप लगाएका थिए ।
यसपछि छलफलमा सहभागी भएका कांग्रेसका सांसद प्रकाशमान सिंहले नीति तथा कार्यक्रममा सीमा विवाद समाधान गर्ने समेटिएको जानकारी दिए ।
‘नीति तथा कार्यक्रमको १३९ औँ बुँदामा ऐतिहासिक सन्धि, नक्सा, तथ्यका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषयमा समाधान गरिने छ उल्लेख छ,’ उनले भने ।
नेपाली कांग्रेसका सांसद सिंहले संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा सीमा विवाद समाधानका लागि पहल भएको बताए ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नीति तथा कार्यक्रमको १३९ औँ बुँदामा छिमेकी राष्ट्रसँगको सीमा विवाद समाधान गर्ने उल्लेख रहेको बताएका हुन् ।
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया