भक्तपुरमा मेलम्चीको पानी वितरण
काठमाडौँ । भक्तपुर आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगरपालिका १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्त रुपमा साँचो खोली आयोजनाको पानी वितरण सुरु गरिएको हो ।
अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आउनुभएको स्मरण गराए ।
केयुकेएल भक्तपुरका सुरेन्द्र हिमालय श्रेष्ठले भक्तपुरका बासिन्दालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकामा गौरवान्वित महसुस भएको बताउँदै यसले भक्तपुरमा खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
मेलम्चीको पानी वितरणसँगै भक्तपुरका स्थानीय खुसी देखिएका छन् । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख प्रजापतिलाई धन्यवादसमेत दिएका थिए ।
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
प्रतिक्रिया