सोमबार, चैत ३०, २०८२

एमालेले सांसदलाई आफ्नो विचार राख्न दिएनन् : मन्त्री झाँक्री

मेरोन्यूज २०७९ जेठ १३ गते १८:२३

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको नीति तथा कार्यक्रमबारे सांसदलाई आफ्नो विचार राख्न अवरोध गरेर गल्ती गरेको टिप्पणी गरेकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी ओलीलाई संसदमा प्रश्न गर्दा संसद अवरुद्ध पारेर सांसदले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो विचार राख्न एमालेले नदिएको आरोप लगाए । शुक्रबार एमाले अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमबारे दिएको कतिपय अभिव्यक्ति निराधार र झुटो रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आपत्ति जनाएपछि त्यसको विरोधमा एमालेले प्रतिनिधिसभा अवरुद्ध पारेको थियो ।

सोही प्रसंग उल्लेख गर्दै मन्त्री झाँक्रीले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीलाई प्रश्ननै गर्न नमिल्ने हो र भनि प्रश्नसमेत गरिन् । ‘के डमोक्रेसीमा उहाँले भनेको कुरा यो गलत हो भन्न नपाउने त होइन होला, फेरि संसदका आफ्ना मर्यादा पनि छन्, मर्यादाभित्र त सबै बस्नु पर्छ,’ उनले भनिन्, ‘उहाँलाई प्रश्न गर्न नहुने प्रश्नरहीत व्यक्ति हो र ?, प्रश्नरहीत व्यक्ति होइन, त्यसो भएको हुनाले त्यसको जवाफ अरु ढंगले पनि दिन सकिन्थ्यो, नेताले लामोलामो वक्तव्य दिँदा सांसदले आफ्नो विचार राख्ने काम बाँकी नै छ, त्यसैले यसरी अवरोध गर्नु राम्रो होइन ।’

मन्त्री झाँक्रीले संसदमा मर्यादाभित्र सबै रहनु पर्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया