आगलागी हुँदा २५ लाख बराबरको क्षति
मेरोन्यूज
२०७९ जेठ १३ गते २१:२१
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ मा शुक्रबार बिहान आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।
स्थानीय महेन्द्र कामैतको गोठ लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगलगी हुँदा गोठसँगै उनकै ३ जना छोराको घर र घरमा भएको खाद्यान्न, लत्ता कपडा, भाडाकुडालगायतका सामाग्री जलेर नष्ट भएपछि २५ लाख बराबरको क्षति भएको हो ।
आगलागीबाट महेन्द्र कामैतको घर, एउटा बाख्रा जलेर नष्ट भएपछि करिब चार लाख बराबरको क्षति भएको छ । उनको छोरा शंकर कामैतको घर र एउटा बाख्रा, शत्रुधन कामैतको घर र एउटा बाख्रा, भरत कामैतको घर र एउटा बाख्रा गरी करिब पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा निभाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया