प्रतिकूल मौसमले तारा एयरको जहाज खोजीमा कठिनाई, सेना र प्रहरी पठाइयो

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन रहेको तार एयरको जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकूल मौसम खोजीमा गएको फिष्टेल एयरको हेलिकप्टर पुनः जोमसोम फर्किएको बताएको छ ।
तारा एयरको जहाज आज बिहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन बनेको थियो । जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका छन् । जहाजमा रहेका यात्रुमा १६ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन रहेका छन् ।
प्राधिकरणका अनुसार जहाज बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडेको थियो । जहाज अन्तिमपटक जोमसोम टावरसँग १०ः५ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । सो पश्चात विमान सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ ।
‘काठमाडौँ, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकप्टर स्ट्याण्ड बाई रुपमा रहेकाले मौसममा सुधार आउनासाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिने छ, स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणले विज्ञप्तिमा भनेको छ ।
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया