वैदेशिक मुद्रा सञ्चिति थप कमजोर
मेरोन्यूज
२०७९ जेठ २७ गते १८:२२

काठमाडौँ । सरकारले विलासिताका सामान आयातमा कडाइ गरे पनि विदेशी मुद्रा सञ्चिति थप कमजोर भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म एक हजार १४६ अर्ब ८८ करोड रुपैयाँ मात्रै रहेको छ ।
चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति एक हजार १६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । जसअनुसार विदेशी मुद्रा सञ्चितिले ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।
०७८ असार मसान्तसम्म एक हजार ३९९ अर्ब ३ करोड रुपैयाँ बराबरको कूल विदेशी विनिमय सञ्चिति रहेको थियो । यस आधारमा पछिल्लो १० महिनामा विदेशी मुद्रा सञ्चितिमा १८ प्रतिशतले कमी आएको छ ।
चैत महिनासम्म आइपुग्दा विदेशी मुद्रा सञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था देखिए पनि १० औँ महिनामा आइपुग्दा सञ्चिति झन कमजोर भएको हो ।
सम्बन्धित


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया