वैदेशिक मुद्रा सञ्चिति थप कमजोर
मेरोन्यूज
२०७९ जेठ २७ गते १८:२२

काठमाडौँ । सरकारले विलासिताका सामान आयातमा कडाइ गरे पनि विदेशी मुद्रा सञ्चिति थप कमजोर भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म एक हजार १४६ अर्ब ८८ करोड रुपैयाँ मात्रै रहेको छ ।
चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति एक हजार १६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । जसअनुसार विदेशी मुद्रा सञ्चितिले ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।
०७८ असार मसान्तसम्म एक हजार ३९९ अर्ब ३ करोड रुपैयाँ बराबरको कूल विदेशी विनिमय सञ्चिति रहेको थियो । यस आधारमा पछिल्लो १० महिनामा विदेशी मुद्रा सञ्चितिमा १८ प्रतिशतले कमी आएको छ ।
चैत महिनासम्म आइपुग्दा विदेशी मुद्रा सञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था देखिए पनि १० औँ महिनामा आइपुग्दा सञ्चिति झन कमजोर भएको हो ।
सम्बन्धित












बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
तनहुँमा एकैदिन तीन वटा शव फेला, एक जनाको सनाखत
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रतिक्रिया