बिजुली तारमा हिँड्ने माइलालाई उपचार गर्ने संस्थाको जिम्मा लगाइयो
मेरोन्यूज
२०७९ जेठ २९ गते १९:११

काठमाडौं । ककनीको त्रिशूली ‘थ्रि ए’को प्रसारण लाइनमा हिँडेका माइला वि.क.लाई काठमाडौँमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घलेगाउँ घर भएका वि.क.लाई काठमाडौँको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौँ भनेपछि जिम्मा लगाइएको हो ।
ककनी गाउँपालिका ७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार उनी ८ घण्टासम्म हिँडेका थिए । उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको थियो ।
सम्बन्धित


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया