पहिरोले पुरिएर तीन जनाको मृत्यु
काठमाडौँ । ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंघा गाउँपालिका ७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुर्दा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यसोधा अधिकारी रहेका छन् । पहिरोमा पुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ इलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी खेवाङबाट खटिएको प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।
यस्तै, धादिङको गंगाजमुना गाउँपालिका ७ गाँउ बस्ने ८३ वर्षीया धन माया सार्कीको गएराति पहिरोले पुरिएर मृत्यु भएको छ । उनको घर अविरल वर्षाका कारण भत्किँदा उनी पुरिएको थियो ।
















अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया