मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार ६ गते १५:३७
मोरङ । मोरङको बेलबारी नगरपालिका–११ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहेका छन् । गम्भिर घाइते भएका कुसुमलाललाई उपचारको लागी विराटनगर स्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल पछाडी सवार मोरङकै पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमालको सोही अस्पतालमै उपचार भइरहेको छ । घाइते रमेशको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
को २० प ७७५२ नम्बरको मोटरसाइकल आज दिउसो सवा १२ बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
सम्बन्धित
















गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिक्रिया