एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्व : दिनानाथ शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा एकीकृत समाजवादीको मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो बताएका हुन् ।
नेता शर्माले ४-५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनु पर्ने बताए । उनले ३-४ महिनामा पालो पु¥याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताएका थिए ।
उनले यस किसिमका पालो पु¥याउन मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहीत गर्न आवश्यक रहेको बताए । सदस्य शर्माले समाजवादीले मन्त्री फेर्ने निर्णय जनतालेसमेत स्वीकार नगरेको भए मन्त्री फेर्न पाउने अधिकार पार्टीलाई भएको बताएका थिए ।
उनले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरू लागि परेको स्पष्ट पारे ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया