शुक्रबार, फागुन २९, २०८२

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता

मेरोन्यूज २०७९ असार २१ गते १७:१०

काठमाडौँ । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच २०७९ आसार २० गते समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त समझदारीअन्तर्गत बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङ बाट क्युआर कोड स्क्यानमार्फत रकम भुक्तानी गरे १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

उक्त समझदारी पत्रमा सानिमा बैंककातर्फबाट गण्डकी प्रदेश प्रमुख सुदीप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका थिए ।

हाल सानिमा बैंकको सबै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम् सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया