व्यवसायका लागि फोहोरी राजनीति गरेको भए, १३ वर्ष देखि टेलिकमको लाईसेन्स रोकिने थिएन: निर्वाण चौधरी

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले व्यवसायका लागि फोहोरी राजनीति गरेको भए टेलिकमको लाइसेन्स पाउन १३ वर्ष किन कुर्नु पथ्र्यो भन्दै प्रश्न गरेका छन् ।
उनले आफुहरु पारदर्शी र प्रक्रियागत ढंगबाटै गरिने व्यवसायमा केन्द्रीत रहेको बताएका हुन् ।
‘हामीले टेलिकम संचालन गर्न पूर्ण तयारी अवस्थामा भएपनि १३ वर्ष देखि लाइसेन्स नपाएर रोक्किरहेका छौ’ उनले भने, ‘यो विचमा धेरै सरकार बने, तर हामीले लाइसेन्स पाएनौं ।’
आफुहरु गलत प्रक्रियाबाट अघि बढ्न नखोजेकै कारण लाईसेन्स पाउनमा विलम्ब भएको उनको भनाई छ ।
सामाजिक संजालमा बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपलाई जोडेर गरिएका अफवाह र हल्लाप्रति संकेत गर्दै प्रबन्ध निर्देशक चौधरीले आफुहरु पूर्ण व्यवसायिक ढंगबाट अघि बढेकै कारणले गर्दा नेपाललगायत विश्वभरि नै प्रतिष्ठा कमाउन सफल भएको बताए । चौधरी ग्रुप विश्वमै सर्वाधिक विश्वसनिय र प्रतिष्ठित फोब्स म्यागाजिनमा २०१३ देखि लगातार सुचिकृत हुदै आईरहेको छ । अन्तराष्ट्रिय जगतमा चौधरी ग्रुप प्रतिष्ठित व्यवसायिक समुहको रुपमा चिनिन्छ । नेपाललाई कामदार निर्यात गर्ने मुलुकको रुपमा मात्र हेरिने गरिएकोमा चौधरी ग्रुपको चम्किदो प्रतिष्ठाकै कारण व्यवसायी जन्माउने मुलुकको रुपमा पनि परिचय विस्तार हुदै गएको छ ।















आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
प्रतिक्रिया