शुक्रबार, फागुन २९, २०८२

बेकोको अत्याधुनिक फिचर्स सहितको इन्भटर एअर कन्डीसनर बजारमा

मेरोन्यूज २०७९ असार २६ गते १३:२८

काठमाडौं । नेपाली ईलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमा लामो समयदेखि नै अनुभवी र विश्वासिलो चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको अत्याधुनिक फिचर्स सहितको कम बिजुली खाने इन्भटर एअर कन्डीसनर नेपाली बजारमा सार्वजनिक गरेको छ । जाडो र गर्मी दुबै मौसममा उपयोगी यो एअर कन्डीसनरमा गो क्लिन, जोनफलो, गोल्ड गार्ड जस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरु रहेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

यसको गो क्लिन टेक्नोलोजीले एअर कन्डीसनरमा टासिएको धुलो र फोहोरहरु आँफै पखाल्छ जसले गर्दा एअर कन्डीसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिदैन, गन्ध घटाऊँछ र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रबाह गर्छ। साथै यसको गोल्ड गार्ड फिचर्सले एअर कन्डीसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्त गर्छ। र यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ। यसको रिमोटमा बिशेष सेन्सर हुन्छ जसको प्रयोगले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउछँ । कम्पनीका अनुसार यो एअर कन्डीसनर नेपाली बजारमा १ टन, १।५ टन र २ टनमा उपलब्ध छ र यसमा १० बर्षको वारेन्टी रहेको छ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।

प्रतिक्रिया