एनआईसी बैंकको ‘क्यास रिसाइक्लियर’ सेवामार्फत सोझै रकम जम्मा गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइक्लियर सेवाको सुरुवात गरेको छ । यस सेवामार्फत ग्राहकले सहज रुपमा बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने छन् ।
यस सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारमबिना ग्राहकले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने भएको हो । यस मेसिनबाट हजार र पाँच सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । एक ग्राहकले दिनमा अधिकतम ९९ हजार ५०० रुपैयाँ जम्मा गर्न सक्ने छन् ।
नगद जम्मा गर्न ग्राहकले क्यास रिसाइक्लियर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने वा राख्ने बक्स खुल्ने छ । उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारी एसएमएस तथा रिसिप्टमार्फत दिने छ ।
यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।















नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले दिए राजीनामा
वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
Three killed in separate incidents
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया