के. एल. दुगड समुहको ज्ञान मखाना बजारमा

काठमाडौं । के. एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । के. एल. दुगड समुहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।
खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरी उपभोगको लागि योग्य रहेको ठहराएका छन् । लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको छ ।
उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिन्छ । मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ । यो खीर सहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ ।
ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया