नेपाल टेलिकमको सेवा महसुल घट्यो

काठमाडौँ । नेपाल टेलिकमको सेवाको महसुलमा आजदेखि नयाँ दर लागु हुने भएको छ । सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो ।
कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ ।
यसैगरी साउन १ देखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको छ । पहिले उपलब्ध सबै अफरलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफरसमेत थप गरिएका छन् ।
यसअनुसार केही अफरमा उही मूल्यमा पहिलेभन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम थप भएका छन् । यसबाहेक डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजमा समेत सोहीअनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ ।
समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धि विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
प्रतिक्रिया