जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त
मेरोन्यूज
२०७९ साउन २ गते १३:५३

किभ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा निकाय (एसबीयू) का प्रमुख र महअभियोजनकर्तालाई बर्खास्त गरेका छन् । दुई शक्तिशाली संगठनहरूमा देशद्रोहका धेरै घटना भएको भन्दै राष्ट्रपतिले उनीहरूलाई बर्खास्त गरेका हुन् । उनले रुसी कब्जामा रहेका क्षेत्रमा ६० भन्दा बढी पूर्वकर्मचारीहरु युक्रेनविरुद्ध काम गरेको आरोप लगाए ।
सुरक्षा निकायका अधिकारीहरूमाथि राजद्रोहका कूल ६५१ मुद्दा लगाइएको बीबीसीले जनाएको छ । बर्खास्त गरिएका अधिकारीहरू इभान बाकानोभ र इरिना भेनेडिक्तोभाले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।
‘यी प्रत्येक प्रश्नले उचित जवाफ पाउनेछ’, युक्रेनी राष्ट्रपतिले भनेका छन् । बर्खास्तगीमा परेकामध्ये एसबीयू प्रमुख इभान बाकानोभ जेलेन्स्कीका बाल्यकालका साथी हुन् ।
सम्बन्धित










नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया