यामाहा नेपालले चार जना विजेतालाई प्रत्यक्ष मोटोजिपी हेर्न थाइल्याण्ड लैजाँदै

काठमाडौँ । नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले चाङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको छ ।
असार ०९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्कीमअन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेमध्ये लक्की ड्रमार्फत १ जना र बाइक र स्कुटर खरिदकर्तामध्ये ३ जना भाग्यशाली विजेताको छनोट गरी थाइल्याण्ड लैजान लागिएको हो ।
‘रोड टू मोटोजिपी’ यामाहा नेपालले बाइकप्रेमीलाई मोटोजिपी प्रत्यक्ष हेर्दाको दूर्लभ अनुभव प्रदान गर्ने उद्देश्यका साथ मोटोजिपीसँग समन्वय गरी ल्याएइएको स्कीम रहेको कम्पनीले जनाएको छ । ती चार जना भाग्यशाली विजेताका लागि सो अवधिभरको लजिङ र फुडिङको व्यवस्था पनि कम्पनीले नै बेहोर्ने कम्पनीले उल्लेख गरेको छ ।
असार ९ गते जेनेसिस क्याफेमा कम्पनीले आफ्नो स्पोर्ट बाइक आरवान १५ एमको लञ्चसँगै “रोड टू मोटो जिपी” नाम दिई उक्त स्कीम सार्वजनिक गरेको थियो जसअन्तर्गत कम्पनीको आधिकारिक शोरूमा आई फारम भर्नेका लागि सो स्कीम लागू गरिने व्यवस्था कम्पनीले गरेको थियो ।
यस वर्षको मोटोजिपी थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा भाद्र १४ (१७ सम्म हुनेछ) र स्कीममा सहभागी हुन मानिसले साउन मसान्तसम्ममा कम्पनीको आधिकारिक शोरूममा आई फारम भरिसक्नु पर्ने कम्पनीले जानकारी दिएको छ । लक्की ड्रमार्फत् विजेताहरू छनोट गरिने कार्यक्रम भने भाद्रमा राखिएको कम्पनीले उल्लेख गरेको छ ।















गगनलाई सभापति पदबाट राजीनामा नदिन ३५ नेताको सुझाव
इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
इरानी आक्रमणमा अमेरिकी वायुसेनाका ५ विमान साउदी अरबमा क्षतिग्रस्त
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया