यामाहा नेपालले चार जना विजेतालाई प्रत्यक्ष मोटोजिपी हेर्न थाइल्याण्ड लैजाँदै

काठमाडौँ । नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले चाङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको छ ।
असार ०९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्कीमअन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेमध्ये लक्की ड्रमार्फत १ जना र बाइक र स्कुटर खरिदकर्तामध्ये ३ जना भाग्यशाली विजेताको छनोट गरी थाइल्याण्ड लैजान लागिएको हो ।
‘रोड टू मोटोजिपी’ यामाहा नेपालले बाइकप्रेमीलाई मोटोजिपी प्रत्यक्ष हेर्दाको दूर्लभ अनुभव प्रदान गर्ने उद्देश्यका साथ मोटोजिपीसँग समन्वय गरी ल्याएइएको स्कीम रहेको कम्पनीले जनाएको छ । ती चार जना भाग्यशाली विजेताका लागि सो अवधिभरको लजिङ र फुडिङको व्यवस्था पनि कम्पनीले नै बेहोर्ने कम्पनीले उल्लेख गरेको छ ।
असार ९ गते जेनेसिस क्याफेमा कम्पनीले आफ्नो स्पोर्ट बाइक आरवान १५ एमको लञ्चसँगै “रोड टू मोटो जिपी” नाम दिई उक्त स्कीम सार्वजनिक गरेको थियो जसअन्तर्गत कम्पनीको आधिकारिक शोरूमा आई फारम भर्नेका लागि सो स्कीम लागू गरिने व्यवस्था कम्पनीले गरेको थियो ।
यस वर्षको मोटोजिपी थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा भाद्र १४ (१७ सम्म हुनेछ) र स्कीममा सहभागी हुन मानिसले साउन मसान्तसम्ममा कम्पनीको आधिकारिक शोरूममा आई फारम भरिसक्नु पर्ने कम्पनीले जानकारी दिएको छ । लक्की ड्रमार्फत् विजेताहरू छनोट गरिने कार्यक्रम भने भाद्रमा राखिएको कम्पनीले उल्लेख गरेको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया