काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने बढे, एक सातामा ११ सयभन्दा बढी कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउनको संख्या पछिल्ला दिन बढ्न थालेको छ ।
पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी चलाउने १ हजार १०८ जना सवारी चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बितेको एक सातमा औषतमा प्रत्येक दिन १५८ जनाभन्दा बढी सवारी चालक मापसे गरी सवारी चलाएको अवस्थामा ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।
मापसे गरी सवारी चलाउनेमा नीति सवारी साधन चलाउने देखि स्कुलको बस चलाउने सवारी चालकसम्म रहेका छन् । शुक्रबार र शनिबारको दिन सबैभन्दा बढी मापसे गरी सवारी चलाउने भेटिने गरेको कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो एक साताको अवधिमा ट्राफिक प्रहरीले जाँच गर्दा साउन १३ गते २३४, १४ गते १९८, १५ गते ११८, १६ गते ११५, १७ गते १४२, १८ गते १४७ र १९ गते १५४ जना सवारी चालक मापसे गरी सवारी साधन चालएको अवस्थामा भेटिएका थिए ।
















इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया