म्यानचेस्टर युनाइटेड ब्राइटनसंग ४-० ले स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसंग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ ।
ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे ।
ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो ।
जितपछी ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । लगातारको हारसंगै युनाइटेड पुछारमा छ ।
यस्तै, गय राति नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् ।
सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४-० ले पराजित गर्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४(२ ले हरायो ।
यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
प्रतिक्रिया