आइतबार, चैत १, २०८२

एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिलाले नेतृत्व शाखाको विशेष घोषणा

मेरोन्यूज २०७९ भदौ ६ गते १९:२४

काठमाडौँ । एनएमबि बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला सशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आइरहेका महिला दिदी बहिनीको अनुभव साटने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

महिलाहरूलाई थप सशक्त बनाइ हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पुर्‍याउने अपेक्षा राखेको छ ।

उपरोक्त कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरू, महिला उद्यमीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरू आदिको उपस्थिति रहको थियो ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया