आइतबार, चैत १, २०८२

सनसिल्कले दशैलक्षित ’सनसिल्क दसैं भाइब्स’ अभियान सञ्चालन गर्ने

मेरोन्यूज २०७९ भदौ ७ गते १३:३२

गत वर्ष दसैंको अवसरमा डिजिटल प्रतियोगिता ’सनसिल्क दसैं भाइब्स’ सुरू गरेको सनसिल्कले यस वर्षपनि अभियान सञ्चालन गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले उक्त प्रतियोगितालाई आफ्नो कपाल प्रदर्शन गरी आफ्नो क्षितिज फैलाउने अवसरका रूपमा युवतीहरूमाझ प्रस्तुत गर्दै आएको छ ।
कम्पनीका अनुसार ’सनसिल्क ग्याङ अफ गर्ल्स’ अभियानको एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने मौका दिएको थियो।
उक्त प्रतियोगितामा आशिना देउलालगायत ३ जनाले जित हासिल पारेका थिए । सनसिल्कका ब्रान्ड एम्बेसडरद्वय प्रिन्सी र प्रिज्मा खतिवडा पनि यसमा जोडिएका थिए।

प्रतियोगिताका विजेताहरूले यस वर्ष ’सीमित विशेष दसैं प्याक’ को सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने अवसर पनि पाएका छन्। कम्पनीका अनुसार यी प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिँदैछ।

यो नयाँ प्याकमा हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट रहेका छन् । लाखौं घरमा यो नयाँ प्याकले स्थान पाउने कम्पनीले अपेक्षा छ ।
कार्यक्रममा युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले “ गत वर्ष दशैंको दौरानमा आयोजित दशैं भाइब्स
प्रतियोगीताको विजेताहरु सनसिल्क ग्याङ्ग अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, र प्रतियोगीता आफैमा एक अभूतपूर्व सफल अभियान थियो । सौन्दर्य सरल छ र धेरै तरिकाहरुबाट यसलाई कैद गर्न सकिन्छ । हामी हाम्रा उपभोक्ताहरुले मनाउने स्थानीय चाडपर्वहरु र संस्कृतिहरुसंगै हाम्रा ब्राण्डहरुलाई आबद्ध गराउन चाहन्छौं । सनसिल्क ग्याङ्ग अफ गल्सको सक्रियता र सनसिल्क दशैं भाइब्स त्यस्तै प्रयासहको अँग हुन् ।“

यस वर्षको दसैं नजिकिँदै गएको सन्दर्भमा सनसिल्कले फेरि पनि सनसिल्क दसैं भाइब्स सुरू गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया