पिपुल्स पावरको आइपीओ आज बाँडफाँट हुँदै
मेरोन्यूज
२०७९ भदौ १२ गते १०:२०

.
काठमाडौ । पिपुल्स पावर कम्पनीको आइपीओ आज आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी भएको छ । यसको प्री– अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ ।
यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको थियो ।
सम्बन्धित















सुनचाँदीको मूल्य आज पनि घट्यो
इराकमा अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार : हवाई रक्षा प्रणालीमा क्षति
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
Motorcyclist dies in road accident
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया