‘बिग डिजिटल’को दोस्रो शाखा कमलविनायकमा

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर ‘बिग डिजिटल’को नयाँ शाखा सञ्चालनमा आएको छ । यो शाखा भक्तपुरको कमलविनायकमा सञ्चालनमा आएको हो ।
एक समारोहका बीच नयाँ शाखा उद्घाटन भएको हो । बिग डिजिटलले उच्च कोटीको उत्पादन ग्राहकमाझ पुर्याउँदै आएको छ ।
कम्पनीले अन्तर्राष्ट्रिय स्तरका विविध ब्राण्डहरूका सामान सहज र सरल ढंगले नेपाली ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । नेपाली ग्राहकहरूको बदलिँदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नँया मापदण्ड सिर्जना गर्ने उद्देश्य राखेको छ ।
यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी, फ्रिज, वासिङमेसिङलगायत विद्युतीय उपकरणका सामाग्री उपलब्ध रहेको छ । त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निःशुल्क डेलिभरीको सुविधा रहेको छ ।
बिग डिजिटलको काठमाडौँ उपत्यकामा मात्रै चार वटा शाखाहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । जसमध्ये यो दोस्रो शाखा हो । कम्पनीले चाँडै नै थप शाखाहरू सञ्चालनमा ल्याउने जनाएको छ । यसको साथै दीर्घकालीन योजनाका रुपमा सबै प्रदेशहरूमा नयाँ स्टोरहरूको सञ्चालन गर्ने योजना बनाएको छ ।
















रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)
चुनावका लागि भारतले सरकारलाई दियो ६१ वटा गाडी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया