‘बिग डिजिटल’को दोस्रो शाखा कमलविनायकमा

काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर ‘बिग डिजिटल’को नयाँ शाखा सञ्चालनमा आएको छ । यो शाखा भक्तपुरको कमलविनायकमा सञ्चालनमा आएको हो ।
एक समारोहका बीच नयाँ शाखा उद्घाटन भएको हो । बिग डिजिटलले उच्च कोटीको उत्पादन ग्राहकमाझ पुर्याउँदै आएको छ ।
कम्पनीले अन्तर्राष्ट्रिय स्तरका विविध ब्राण्डहरूका सामान सहज र सरल ढंगले नेपाली ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । नेपाली ग्राहकहरूको बदलिँदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नँया मापदण्ड सिर्जना गर्ने उद्देश्य राखेको छ ।
यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी, फ्रिज, वासिङमेसिङलगायत विद्युतीय उपकरणका सामाग्री उपलब्ध रहेको छ । त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निःशुल्क डेलिभरीको सुविधा रहेको छ ।
बिग डिजिटलको काठमाडौँ उपत्यकामा मात्रै चार वटा शाखाहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ । जसमध्ये यो दोस्रो शाखा हो । कम्पनीले चाँडै नै थप शाखाहरू सञ्चालनमा ल्याउने जनाएको छ । यसको साथै दीर्घकालीन योजनाका रुपमा सबै प्रदेशहरूमा नयाँ स्टोरहरूको सञ्चालन गर्ने योजना बनाएको छ ।















भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
यी हुन् श्रम संस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
हुरीका कारण झापामा केराखेतीमा क्षति
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया