बुधबार, माघ ७, २०८२

टीभीएसद्वारा धनगढीमा ४० जना राइडरका साथमा एओजी राइड आयोजना

मेरोन्यूज २०७९ भदौ १२ गते १८:४५

काठमाडौं । टीभीएसले धनगढी क्षेत्रमा आफ्ना ग्राहकलाई लक्षित गरी ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । भदौ ११ गतेका दिन धनगढीको बागेश्वरी अटोमोटिभ्स प्रा.लि.देखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित उक्त राइडअन्तर्गत ४० जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए ।

कार्यक्रमअन्तर्गत राइडमा भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटिकर लोकेश ठकुरीलगायतको सहभागिता थियो । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारी समेत मिलेको बताए ।

उनीहरुले भने ‘यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको चर्चित एवं पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’ त्यस क्रममा उनीहरुले आ–आफ्नो तर्फबाट मन्तव्य राखेका थिए ।

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई उत्कृष्ट मनपराएको पाइएको छ । यो कार्यक्रम आगामी समय वाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

प्रतिक्रिया