केन्याविरुद्ध नेपाल चार विकेटले विजयी

काठमाडौँ । केन्यामा जारी टी २० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल विजयी भएको छ ।
केन्याको राजधानी नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपाल चार विकेटले विजयी भएको हो ।
यसअघि भएको दुई खेलमा दुवै देशको टोलीले एक–एक खेलमा जित हात पारेको थियो । आजको खेलमा नेपालले पाएको १५७ रनको लक्ष्य चार विकेट गुमाउँदै भेट्टाएको हो ।
केन्याले दिएको १५६ रनको लक्ष्य नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर १६० रन बनाउँदै पूरा गरेको हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाएका थिए ।
यस्तै, अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन बनाएका थिए । यसैगरी आदिल आलमले १६ रन बनाए ।
डेब्युटाण्ट अर्जुन साउद र पवन सर्फले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे । तर, लगातार तेस्रो खेल खेलेका पवन सर्राफले ठूलो स्कोर बनाउन सकेनन् ।
यस्तै, केन्याका लागि युगेन ओचिएङ र भिराज पटेलले २–२ विकेट लिए । त्यसअघि राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको थियो । जसमा पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए ।
यस्तै करिमबले ४७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५५ रन जोडे । केन्याले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया