नेप्से परिसूचक झिनो अंकले वृद्धि

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । पछिल्लो समय निरन्तर शेयर बजारमा उत्तार चढाव आइरहेको छ ।
आइतबार ३३ अंकले गिरावट आएको नेप्से आज ३.७६ अंकले वृद्धि भएर १९९३.०२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ ।
आज कारोबारमा आएका २२२ कम्पनीको ३४ लाख ४० हजार ९०० कित्ता शेयर एक अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ कारोबार भएको छ । आइतबारको तुलनामा आज कारोबार रकम गिरावट आएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक हुँदा चार उपसमूहको परिसूचक नकारात्मक रहेको छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको १.८९ प्रतिशत र होटल एण्ड टुरिजम उपसमूहको १.३२ अंकले बढेको छ । म्युचुअल फण्डको भने सबैभन्दा बढी १.१२ प्रतिशतले घटेको छ ।
सोमबारको कारोबारमा विन लघुवित्तको शेयर मूल्य ७.४८ प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्सको ६.६४ प्रतिशतले बढेको छ । आज नेपाल टेलिकमको ११ करोड बराबरको कारोबार भएको छ ।















उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
यी हुन् श्रम संस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया