मंगलबार, माघ ६, २०८२

नेप्से परिसूचक झिनो अंकले वृद्धि

मेरोन्यूज २०७९ भदौ १३ गते १५:५२

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । पछिल्लो समय निरन्तर शेयर बजारमा उत्तार चढाव आइरहेको छ ।

आइतबार ३३ अंकले गिरावट आएको नेप्से आज ३.७६ अंकले वृद्धि भएर १९९३.०२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ ।

आज कारोबारमा आएका २२२ कम्पनीको ३४ लाख ४० हजार ९०० कित्ता शेयर एक अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ कारोबार भएको छ । आइतबारको तुलनामा आज कारोबार रकम गिरावट आएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक हुँदा चार उपसमूहको परिसूचक नकारात्मक रहेको छ । जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको १.८९ प्रतिशत र होटल एण्ड टुरिजम उपसमूहको १.३२ अंकले बढेको छ । म्युचुअल फण्डको भने सबैभन्दा बढी १.१२ प्रतिशतले घटेको छ ।

सोमबारको कारोबारमा विन लघुवित्तको शेयर मूल्य ७.४८ प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्सको ६.६४ प्रतिशतले बढेको छ । आज नेपाल टेलिकमको ११ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया