मंगलबार, माघ ६, २०८२

सामसङले नेपाली युवालाई प्राविधिक सीप उपलब्ध गराउन त्रिविसँग गर्‍यो सम्झौता

मेरोन्यूज २०७९ भदौ १३ गते १७:३६

काठमाडौँ । विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्डमध्येको एक सामसङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

सामसङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ । यसको विश्वव्यापी सीएसआर योजना सामसङ इनोभेसन क्याम्पस ९एसआइसी०को एक भागको रूपमा काम गर्ने छ । नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिष्टमको विकासमा योगदान पुर्याउने छ ।

सामसङ इनोभेसन क्याम्पस योजनाअन्तर्गत यसलाई हेरिएको छ । जसले युवाहरूलाई वास्तविक कार्यगत सीपहरू र मागअनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउने छ । साथै उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा पनि सुधार गर्ने छ ।

सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए ९सीडब्लूए० क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा। शशीधर राम जोशीले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

सिइओ काङले भनेऽ ुत्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी सम्मानित महसुस गर्छौ। सामसङ इनोभेसन क्याम्पसको यस योजनाबाट हामीले नेपाली युवाहरूलाई श्रम बजारमा प्रवेशको तयारीका लागि प्राविधिक सीपहरू अभिवृद्धि गर्नेछौं, उनीहरूलाई व्यवसायहरूमा उच्च माग भएका र भविष्यमा प्रशस्त सम्भावना भएका प्राविधिक सीपहरूमा तालिम दिनेछौँ ।ु

साथै त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा। जोशीले सामसङ इनोभेसन क्याम्पस योजनाको हिस्सा भएका पाठ्यक्रमहरू( आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स, इन्स्टिच्युट अफ इन्जिनियरिङमा जोड दिन राम्रो भएको बताए ।

०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस जुन सामसङको ुटूगेदर फर टुमोरो१ु को विश्वव्यापी सीएसआर भिजनको एउटा हिस्सा हो । मानिसहरूलाई सक्षम बनाउँदै, विद्यार्थी र बेरोजगार युवाहरूलाई एआई र आईओटी जस्ता चौथो औद्योगिक क्रान्तिको प्रमुख प्रविधिहरूमा अनुभव गर्न तालिम दिन्छ ।

साथै, उनीहरूलाई अर्को पुस्ताको क्षमता वृद्धिको रुपमा प्रेरणा र सक्षम बन्न प्रेरित गर्छ । यस्तो प्राविधिक प्रशिक्षणको साथसाथै यस कार्यक्रमले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई जीवनमा ल्याउने क्षमता बढाउन नरम कौशल प्रशिक्षण पनि प्रदान गर्दछ । यसले समस्या समाधान गर्न सक्ने क्षमताहरूलाई पनि विकास गर्दछ ।

सामसङले आफ्नो सीएसआर योजनाहरूमार्फत समुदायहरूलाई सकारात्मक रूपान्तरण गर्न र मानिसहरूको लागि राम्रो जीवन सिर्जना गर्न नवप्रवर्तन प्रयोग गर्नमा विश्वास गर्छ । शिक्षामार्फत युवाहरूलाई सशक्तिकरण गर्नु भनेको हामीले हाम्रा युवाहरूलाई साहसी भई भविष्यको संसारको सामना गर्न तयार गर्न सक्ने उत्तम तरिकाहरू मध्ये एक हो ।

प्रतिक्रिया