तीजको अवसरमा प्रभु क्यापिटलको पिएमएस ‘प्रभु ऐश्वर्या योजना’मा नारीलाई विशेष छूट

काठमाडौँ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्र्तगतको प्रोडक्टमध्ये ‘प्रभु ऐश्वर्या योजना’मा पिएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ ।
‘यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छूटको बहार’ भन्ने नारासाथ शुरु हुने यो अफर यही भाद्र १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्र २०७९ सम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीले एक वर्षका लागि वार्षिक सेवा शुल्कमा १०० प्रतिशत नै छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।
यो योजनामा यसअघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिई १ प्रतिशत मात्र एएमसी लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।
यो योजना महिलाहरुलाई केन्द्रित गरी ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई विगत एक बर्ष अघि तिजकै अवसर पारी सञ्चालनमा ल्याइएको हो जसमा महिला ग्राहकहरुले न्यूनतम तीन लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्छन् ।
क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसै गरी ग्राहकहरुले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।















बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप पक्राउ
गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस
Two killed in separate accidents in Palpa and Udayapur
“अमेरिका र इरानबीच दीर्घकालीन र विश्वसनीय युद्धविराम सम्झौता आवश्यक”
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया