सिट बाँडफाँटमा सकस :
गठबन्धनमा अझै जुटेन सिट बाडँफाँटमा सहमति, सबै आ-आफना अडानमा
माधव नेपाल भन्छन् - कांग्रेस ७० सिटमा लड्नुपर्छ

काठमाडौं । सिट बाँडफाँटका लागि सत्तारुढ गठबन्धका नेताहरु बिहीबार बिहानैदेखि बालुवाटारमा छलफलमा जुटेका थिए । तर राति ८ बजेसम्म पनि कुनै सहमति जुट्न सकेन् । छलफलमा सहभागी नेताहरुका अनुसार अहिलेसम्मको छलफल हेर्दा सहमति जुटिहाल्ने सम्भावना पनि देखिएको छैन ।
बैठकमा सहभागी एक नेताका अनुसार आजको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५०/५० को प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको कुल १६५ सिटमध्ये आधा कांग्रेसले लिने र बाँकी अरु दलले भागवण्डा गर्ने प्रस्ताव गरे ।
सिट बाँडफाँट गर्ने हो भने कांग्रेसको सिट ८० आसपास हुने छ भने माओवादीले ५० हाराहारी सिट लिनसक्छ । एकीकृत समाजवादी र जसपाले १५/२० सिट पाउँनुपर्ने अडान राखेका छन् ।
छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने कांग्रेसलाई ७० सिट मात्र लिन प्रस्ताव गरे ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने आफ्नो दलले २२/२५ सिट पाउनुपर्ने अडान राखेका छन् । छलफलमा १२/१५ सिट लिने हो भने तालमेल गर्नुको कुनै अर्थ नहुने ति नेताले बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि बाग्लुङ र प्युठान नपाउने हो भने गठबन्धन गर्नुको अर्थ नहुने बताएका थिए ।
पार्टी सभापति शेरबहादुर देउवासँगै शीर्ष नेताहरुको छलफलमा सहभागी वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ९० सिटसम्म कांग्रेस आउन सक्ने बताए ।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया