एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु, पीडित परिवारले पाए साढे ११ करोड क्षतिपूर्ति
मेरोन्यूज
२०७९ भदौ १७ गते १३:१६

काठमाडौं । वैदेशिकक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स ९युएई० पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ ।
युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८र७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो ।
मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ ।
सोही वर्ष वैदेशिक रोेजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरुले ३२ लाख ७५ हजार ७६३ युएई दिराम ९करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ० क्षतिपूर्ति वापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ ।
दूतावासका अनुसार क्षतिपूर्ति वापात प्राप्त रकम सम्बन्धीत पीडितको परिवारलाई उपलब्ध गरिएको छ ।
युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।
सम्बन्धित
















राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया