फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित

काठमाडौँ । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स् इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा राष्ट्रबैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थिती रहेको थियो । कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीहरुलाई सम्मान गरिएको थियो ।
फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तर बैंक फण्ड ट्रान्स्फर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ७ लाख भन्दा बढी मर्चेन्ट रहेका छन् ।















भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
यी हुन् श्रम संस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
हुरीका कारण झापामा केराखेतीमा क्षति
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया