बलात्कारको प्रयास गर्ने उपमेयर महतो नियन्त्रणमा
मेरोन्यूज
२०७९ भदौ २४ गते १८:५१

काठमाडौँ । आफ्नै कार्यकक्षमा बोलाएर बलात्कारको प्रयास गरेको आरोपमा लहान नगरपालिकाका उपमेयर पक्राउ परेका छन् । सम्पर्कविहीन रहेका उपमेयर रामचलितर महतो शुक्रबार दिउँसो लहान प्रहरीमा उपस्थित भएका हुन् ।
उपमेयर महतो आफ्ना कानुन व्यवसायीसहित शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । उनको स्वास्थ्य परीक्षणपछि शनिबारसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार सिराहा जिल्ला अदालतमा पेश गरिने लहान प्रहरीले जनाएको छ ।
जागिर लगाइदिन्छु भन्दै गत १९ जेठमा आफ्नो कार्यकक्षमा बोलाएर बलात्कार प्रयास गरेको भन्दै लहानकी २१ वर्षीया महिलाले ४ साउनमा उनीविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जाहेरीपछि महतो सम्पर्कविहीन भएका थिए ।
सम्बन्धित















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया