सोमबार, चैत ९, २०८२

राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता हुँदै

मेरोन्यूज २०७९ भदौ २७ गते २०:३१

काठमाडौँ । नेपाल पावर लिफ्टिङ संघले आगामी भाद्र ३१ देखि असोज १ गतेसम्म स्वर्गीय रुप कार्कीको स्मृतिमा राष्ट्रव्यापी पावर लिफ्टिङ खेल आयोजना गर्ने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

‘स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने राष्ट्रिय खेलकुद परिषद्को मूल नारालाई आत्मसाथ गर्दै नेपाल पावर लिफ्टिङ संघले पुरुषतर्फ २१ वर्ष मुनीका जुनियर र ४५ वर्षमाथिका सिनियर, महिलातर्फ ५५ केजी मुनीका ५५ दशमलव १ देखि ६३ केजीसम्म र ६३ केजीभन्दा माथिका लागि खेल आयोजना गर्न लागेको हो ।

सोमबार पत्रकार सम्मेलन आयोजना गरी नेपाल पावर लिफ्टिङ संघ अध्यक्ष सुन्दर भुसालले नेपाली पावर लिफ्टिङ खेलाडी नेपालमा मात्र नभई विश्वब्यापी रुपमा रहेको जानकारी दिए ।

उनले भने, ‘अहिले यहाँ खेलेका खेलाडीलाई सात वटै प्रदेशमा खेल आयोजना गरी राष्ट्रिय खेलमा सहभागी बनाएर उत्कृष्ट पावर लिफ्टिङ खेलाडी अन्तर्राष्ट्रिय रुपमा सहभागी गराउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

नेपालमा पछिल्लो समय पावर लिफ्टिङमा आकर्षण बढ्दै गएको भन्दै यसअघिको प्रतियोगितामा १११ खेलाडीको सहभागिता जनाएकोमा यसपटक १५० भन्दा बढी खेलाडीको सहभागिता हुने विश्वास नेपाल पावर लिफ्टिङ संघले लिएको छ ।

पावर लिफ्टिङमा नेपालले अन्तर्राष्ट्रिय अवार्डसमेत जितेको छ । गत डिसेम्बर ५ देखि ८ सम्म भारतको अमरावती भएको वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पुरुष तथा महिला २०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको थियो ।

प्रतिक्रिया