नेप्से परिसूचक २१.३० अंकले वृद्धि

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक मंगलवार वृद्धि भएको छ । मंगलवार नेप्से सूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अंकले बढेको छ ।
मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । सोमवार २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
मंगलवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले बढेको छ । बाँकी उपसमूहको १ प्रतिशत भन्दा बढीले बढेको छ ।
मंगलवार नेप्से बढेसँगै बोटलर्स नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, मैलुङ खोला जलविद्युतको ७.७६ प्रतिशतले बढेको छ । यता सामुदायीक लघुवित्तको शेयरमूल्य २.१० प्रतिशतले घटेको छ भने युनाइटेड इदी मर्दी हाइड्रोपावरको १.६२ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सबैभन्दा धेरै ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।















पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न यातायात व्यवसायीकाे माग
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु
सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
भक्तपुरमा चलचित्र महोत्सव हुँदै
प्रतिक्रिया