आइतबार, माघ ११, २०८२

सशस्त्रमा एक एआइजीको दरवन्दी थप

मेरोन्यूज २०७९ भदौ २८ गते २२:१३

काठमाडौं । सरकारले गुपचुप रुपमा सशस्त्र प्रहरी बलमा एउटा एआईजीको दरबन्दी थप गरेको छ । सरकारले कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर एआईजीको दरवन्दी थप गरेको हो ।

प्रहरी महानीरिक्षक राजु अर्याल अमेरिका गएका बेला सो दरवन्दी थप गरेको हो । दरबन्दी थपको पत्र सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पुगिसकेको छ ।

एआईजीको दरबन्दी थप गरिएको बेला महानिरीक्षक अर्याल अमेरिका थिए । उनी संयुक्त राष्ट संघको कार्यक्रममा सहभागी हुन अमेरिका गएका थिए । उनी अमेरिका भएको बेला २१ भदौको मन्त्रिपरिषद बैठकले एउटा एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको पत्र सोमबार मुख्यालय पठाइएको थियो ।



सशस्त्र प्रहरीमा दुई ओटा एआईजीको दरबन्दी रहेकोमा संगठनको ओएण्डएमबिनै तीन ओटा बनाइएको छ । संगठनको ओएण्डएमबिनै सरकारले व्यक्तिलाई लक्षित गरेर दरबन्दी थप गरेको स्रोतको दावी छ ।

प्रतिक्रिया