महानगरले सञ्चालनमा ल्यायो हटलाइन सेवा

विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिएका छन। “कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने यो सेवा चौबीसै घण्टा खुला रहनेछ”, उनले भने, “त्यस्ता गुनासा र समस्या प्राथमिकताका आधारमा समाधान गरिने छ ।
” महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ । महानगरवासीले इमेल गरेरसमेत आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको प्रमुख कोइरालाको भनाइ छ । उनका अनुसार केही हप्ता पहिलादेखि नै हटलाइन सेवा परीक्षणका लागि सञ्चालनमा ल्याइएको थियो । असोज १ गतेदेखि भने औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो ।
हटलाइन व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन । हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर प्रमुख एवं उपप्रमुखसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछ ।















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया