‘बोट’ को नयाँ उपकरणहरु अब नेपाली बजारमा

काठमाडौं । भारतीय बजारमा नम्बर वान ब्राण्डका रुपमा स्थापित वायरलेस ‘बोट’का प्रडक्ट नेपाली बजारमा उपलब्ध हुने भएका छन् । नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिन मार्केटिङ लिमिटेडले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराई ग्राहकहरूको विकासशील आवश्यकता पूरा गरेको छ ।
स्क्वायर डायल भएको Wave Pro 47, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ। यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, 500 nits ब्राईटनेस, र विशाल दृश्य अनुभव प्रदान गर्दछ । यसको नवीनतम boAt ASAP चार्ज टेक्नोलोजीको सात दिन सम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा ० देखि १००% सम्म चार्ज गर्दछ । Wave Pro 47 मा भएको ] IP67 ले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ, जसले यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउँछ । देशभर उपलब्ध Wave Pro 47 को मूल्य ६,४९९ /- रहेको छ ।
यस कम्पनीले ‘बोट’ को सबैभन्दा नयाँ संस्करणको boAt Xtend Sport स्मार्टवाच पनि लन्च गरेको छ । यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिश छन् । यसमा ७००+ सक्रिय मोडहरू रहेका छन् जसले निद्राको गतिबिधि देखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ । यो स्मार्टवाच स्पोर्टी १.६९” एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ। यसमा १००+ फेस अप्सन छन् जसले तपाइँको भाइबलाई तपाइँको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । Xtend Sport नेपालको सबै रिटेल आउटलेटमा ६,४९९/- मूल्यमा उपलब्ध छ ।
यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड–Rockerz 330 र Rockerz 255 Pro Plus पनि ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै ‘बोट’ सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्द छन् । बजारमा यसको मूल्य रु. ३,३९९/- देखि ३,४९९/- रहेको छ ।
टेलिटक प्रा. लि. का कार्यकारी निर्देशक श्री प्रतीक जालानले भने , “विगत केही महिना देखि हामीले हाम्रा उपभोक्ताहरूलाई विभिन्न प्रकारका उत्पादनहरू र विशेष सेवाहरू प्रदान गर्न र हाम्रा सेवाहरू सुधार गर्न हामी लागि परेका छौं । नेपालमा स्मार्टवाचको उच्च मागले हामीलाई द्ययब्त को स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एसेसरिजको नयाँ लाइनअप नेपालमा लन्च गर्न सक्षम बनाएको छ । हामीलाई विश्वास छ हाम्रा ग्राहकहरूले द्ययब्त को उत्पादनहरुको साथ कम मूल्यमा उत्कृष्ट गुणस्तरको अनुभवको आनन्द पाउनु हुनेछ ।














इजरायली सेना र हिज्बुल्लाह बीच सीमाक्षेत्रमा भिडन्त सुरु
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया