नेपालमै पहिलोपटक ‘नाडा ईभी एक्सपो’ भृकुटीमण्डपमा जारी
बिहीबारदेखि आईतबारसम्म चल्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आयोजना गरेको ‘नाडा ईभी एक्सपो’ बिहीबारदेखि भृकुटीमण्डपमा भइरहेको छ। विद्युतीय सवारी साधनको प्रवद्धृन गर्ने लक्ष्यका साथ ‘नाडा ईभी एक्सपो’ नेपालमै पहिलोपटक आयोजना गरिएको हो ।

उक्त एक्सपो (बिहीबारदेखि आईतबार) असोज ६ गते देखि ९ गतेसम्म (चार दिन) सञ्चालन हुनेछ। एक्सपोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । इभी एक्स्पोले पेट्रोलियम पदार्थको अधिक आयातलाई न्युनीकरण गरी बढ्दो अवस्थामा रहेको व्यापार घाटा न्युनीकरणमा टेवा पुग्ने सम्बद्ध आयोजक पक्षको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नाडा अटोबाइल्स एसोशिएसनका अध्यक्ष ध्रुबबहादुर थापाले अटोमोबाइल क्षेत्र राज्यलाई सबैभन्दा धेरै राजस्व बुझाउने क्षेत्र भएपनि सरकारले कडाइ गरेको गुनासो गरे । थापाले भने, ‘राज्यको कुल राजस्वमा २५ प्रतिशत योगदान अटोमोबाइल्स क्षेत्रको रहेको दाबी गरे। ‘प्रत्यक्ष रोजगारीमा १ लाख र अप्रत्यक्ष रोजगारीमा १० लाख रोजगारी उपलब्ध गराएको छ ।’
अटो व्यवसायीहरुले गत आवमा मात्रै नेपालमा ९९ अर्ब बराबरको सवारी साधन आयात गरेका र त्यसबाट राज्यलाई ९० अर्ब राजस्व प्राप्त भएको समेत अध्यक्ष थापाले जानकारी दिए ।
अध्यक्ष थापाले विद्युतीय सवारीसाधनको माग दिनप्रतिदिन बढ्दै गएको र यी सवारीसाधनको प्रयोगले प्रदूषण नियन्त्रण गर्नुका साथै आफ्नै देशमा उत्पादित जलविद्युत खपत बढाउने र देशलाई आत्मनिर्भर बनाउन बताए ।

वर्तमान समयमा विद्युतीय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ ।

उक्त एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्सोमा ७ वटा ब्राण्डका चार पांग्रे , एउटा तीन पांग्रे , १६ वटा ब्राण्डका दुई पांग्रे , ३ वटा बाण्डका टायर , २ वटा बाण्डका ब्याटरी , ९ वटा पार्टर पुर्जा , ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।
एक्स्पोमा टेस्ला, हुण्डाई, टाटा, बिवाईडी, नेटा, महिन्द्रा लगायत ब्राण्डका चार प्राङ्ग्रे तथा २ पाङ्ग्रे सवारी साधनहरु अवलोकनकर्ताको चासो बन्न सक्छन् ।

आम सर्ब साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सूचना प्रवाह गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना कक्ष समेत प्रदर्शनीमा राखिएको छ ।

एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न तथा अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा आयोजक विश्वस्त छ ।

एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ । भने सह-प्रायोजकमा शिखर इन्स्योरेन्स तथा डिजिटल पेमेन्ट पार्टनरमा भुक्तानी सेवाप्रदायक खल्ती एप रहेको छ । एक्स्पोलाई व्यवस्थित बनाउन,प्रदर्शनी स्थलमा भिडभाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।
एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको छ ।















इजरायली सेना र हिज्बुल्लाह बीच सीमाक्षेत्रमा भिडन्त सुरु
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया