मंगलबार, चैत ३, २०८२

भिभोको नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

मेरोन्यूज २०७९ असोज ७ गते १६:५४

काठमाडौं । भिभोले आज लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू – वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ । पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई२२एस र वाई१६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरुका लागि उपयुक्त स्मार्टफोन हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

भिभो नेपालका सीईओ माइकलले भने, “नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउँन सफल भएको छ । प्रयोगकर्ताहरुले दिनुभएको मायालाई बर्करार राख्न हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरेका छौं । स्टाइलिश डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाई१६ र वाई२२एस ग्राहकहरुको व्यस्त समयतालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुनेछ । हरेक पक्षमा उत्कृष्ट स्मार्टफोन खोज्न ग्राहकहरुका लागि हामीले वाई सिरिज एक गो–टु शोलुसनको रुपमा विकास गरेका छौं ।”

वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीवी र्याम र १२८ जीवी रोम रहेको छ । वाई२२एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ । यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्यूटी छ । यसबाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरू वाई२२एस मा समावेश छन् ।

अर्कोतर्फ, वाई१६ ले केही प्रभावशाली स्पेसिफिकेशनहरू, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ । वाई१६ को एपिअरेन्स आकर्षक रहेको छ । यो स्मार्टफोन ४जीवी र्याम र ६४जीवी रोम भेरियन्टमा आउँछ । यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा–कोर प्रोसेसरले सहज मल्टी–टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ । वाई१६ मा क्यामेरा सेटअपले अझ बढि आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३एमपी एआई डुअल क्यामेराको साथ आकर्षक शटहरू क्लिक गर्न सक्षम बनाउँछ ।

वाई२२एस स्टारलिट ब्लू र समर सायन कलरमा रु २७,९९९ मुल्यमा मिनिमालिस्टिक आउटलुकको साथ उपलब्ध छ । त्यस्तै वाई१६ प्राकृतिक लुक– स्टेलर ब्ल्याक र ड्रिजलिंग गोल्ड कलर भेरियन्टमा रु १९,९९९ मा उपलब्ध छ ।

प्रतिक्रिया