अवैध लागु औषधसहित ६ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले अवैध लागु औषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक हुनेमा लागु औषध खैरो हेरोइन कारोबारी दुई जना, नियन्त्रित लागु औषध एम्पुलतर्फ तीन जना र लागु औषध एम्पुल बससहित अन्य एक जना छन् । पक्राउ पर्नेमा भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट इलामका २४ वर्षीय सुजन हेल्मू र भदौ २१ गते इलामकै सञ्जिव राईलाई पक्राउ गरेको थियो ।
त्यस्तै, भदौ २४ गते ललितपुरको थसीखेलबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिक अप भ्यान र लुकाएको अवस्थामा लागु औषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं सूचना अधिकारीसमेत रहेका खड्काले लागु औषध एम्पुलसहित पक्राउ परेका अर्जुन ढकालसँग अनुसन्धान गर्दै जाँदा लागु औषध एम्पुल कारोबारमा संलग्न न्यु एञ्जल कम्पनीको प्रदेश ०२–०३–००१ ख ३६२८ नम्बरको भाडाको बसका सहचालक बारको कलैयाका २१ वर्षका अजय महतो र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका वर्ष ४४ का रामबहादुर तिमिल्सनालाई भदौ २६ गते पक्राउ गरेको बताए ।
बसभित्रबाट लागु औषध ब्रुपेनोर्फिन २७६६ एम्पुल, डाइजेपाम एम्पुल र उक्त बससमेत बरामद गरेको बताए । उनले फरार प्रतिवादी सन्तोष तामाङलाई पनि पक्राउ गरी भदौ २१ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको जानकारी दिए । उनले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट थप १ किलो ३३० ग्राम लागु औषध गाँजा बरामद गरिएको पनि जानकारी दिए ।
















सुनको मूल्यले आज पनि रेकर्ड कायम्, कतिमा हुँदैछ काराेबार ?
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया