बुधबार, पुष ९, २०८२

हेलिकोप्टर दुर्घटना हुँदा ६ पाकिस्तानी सेनाको मृत्यु

मेरोन्यूज २०७९ असोज १० गते १४:१५

काठमाडौँ । दक्षिण पश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो ।

अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो । ‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार राति ढिलो दुर्घटनामा परेको थियो, दुर्घटनामा सेनाका दुई मेजर (दुवै पाइलट)सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ सेनाले एक विज्ञप्तिमा भनेका छन् ।

दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन । हेलिकोप्टर खसेको क्षेत्र बाढीबाट प्रभावित छैन । अगष्टमा बलुचिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा सेनाका उच्च कमाण्डरसहित ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया