बुधबार, पुष ९, २०८२

मध्य रुसको एक विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु

मेरोन्यूज २०७९ असोज १० गते १६:३१

काठमाडौँ । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । गोली प्रहारमा परी छ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

घटनामा अन्य २० घाइते भएको आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ । पीडितको विषयमा हाल विस्तृत विवरण प्राप्त हुन बाँकी भएको मन्त्रालयले जनाएको छ ।

गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ । उनले आत्महत्या गरेका जनाइएको छ । यस शहरका गभर्नर अलेक्जेण्डर ब्रेचालोभले मृत्यु हुनेमा बालबालिका रहेको पुष्टि गरेका छन् ।

प्रतिक्रिया