श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
मेरोन्यूज
२०७९ असोज १० गते १८:३१
काठमाडौँ । धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका ५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा श्रीमान रामा मण्डल पक्राउ परेका हुन् ।
जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बासघारीमा फेला परेको थियो । खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान श्रीमतीबीच छलफल भएको र सोही छलफलमा श्रीमतीले श्रीमानको बुबाको नाम जोडेर गाली गलौज गर्दा मण्डलले कोदालोले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।
हत्या पश्चात मण्डलले कोदालो अरुको खेतमा फालेर श्रीमतीले लगाएको चुरा फुटाएर त्यहाँबाट भागेका थिए । रामा मण्डललाई प्रहरीले घटनाको चार दिनपछि किरिया बसेको अवस्थामा पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
सम्बन्धित
















जन्ममिति बदलेर सरकारी निकायलाई पारियो गुम्राह, अझै छानबिनको टुंगाे लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया