चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै

खोटाङ, । काम छाडेर ठेकेदार वेपत्ता भएपछि पुष्पलाल ९मध्यपहाडी० राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत सुरु गरेको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सनरमैनाचुलीरसिद्धिसाई जेभी, काठमाडौँ सम्पर्कविहीन बनेपछि स्वयं कार्यालयले मर्मत सुरु गरेको हो । वर्षाको समयमा झरेको पहिरो पन्छाएर निर्वाधरुपमा सवारी साधन सञ्चालनमा ल्याउनेगरी सडक मर्मत सुरु गरिएको पुष्पलाल राजमार्ग योजनाको कार्यालयले जनाएको छ ।
विशेषगरी दशैंतिहार र छठ जस्ता चाडवाडको बेला हुने आवात–जावतलाई मध्यनजर गर्दै बिहिबारदेखि सडक मर्मत सुरु गरिएको सव–इन्जिनियर केशव पौडेलले बताए । निर्माण व्यवसायी सडक कालोपत्रेको काम अलपत्र छाडेर नफर्किएकाले स्यवं पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले निर्माण कम्पनीको दायित्वभित्रको काम सुरु गरेको हो ।
सडक मर्मतका विषयमा शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईं, डीएसपी मञ्जिल मुकारुङ लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।
काठमाडौँ–खोटाङ–भोजपुर यात्रा गर्ने यात्रुले सेखुवा–चखेवाभञ्ज्याङ सडक पार गर्नुपर्ने हुन्छ । तर निर्माण कम्पनीले अलपत्र पारेको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । वर्षा याममा सडकमा सवारी साधन नगुड्दा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन कठिन हुने गरेको स्थानीय बताउँछन् ।
चखेवाभञ्ज्याङबाट सेखुवा हुँदै दिक्तेलसम्मको (४६ किलोमिटर) सडक खण्ड मर्मत गरिने सव–इन्जिनियर पौडेलले बताए । चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको तेश्रोपल्ट थप भएको म्याद सकिँदा करिब ३५ प्रतिशत मात्र काम भएको छ । तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते सकिएको थियो ।
चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेजमध्ये चखेवाभञ्ज्याङ–सेखुवा खण्डको काम अलपत्र परेको हो । चार प्याकेज (सेखुवा–दिक्तेल ३६ किलोमिटर) कालोपत्रेको काम भने रमन–गोल्डेन गुड जेभीले सम्पन्न गरिसकेको छ ।
















जन्ममिति बदलेर सरकारी निकायलाई पारियो गुम्राह, अझै छानबिनको टुंगाे लागेन
नेपालगञ्ज पुगे बालेन
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
Jumla temperature drops to minus 0.71 degree Celsius, affects life
म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया