बिहीबार, पुष १०, २०८२

भारत-जापानका प्रधानमन्त्रीबीच भेटवार्ता

मेरोन्यूज २०७९ असोज ११ गते १९:०७

काठमाडौँ । भारत र जापानका प्रधानमन्त्रीबीच मङ्गलबार जापानको राजधानी टोकियोमा भेटवार्ता भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार बिहानै जापानको टोकियो पुगेका थिए । उनले जापानका समकक्षी फुमियो किशिदासँग दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गरेका हुन् ।

जापानका पूर्व प्रधानमन्त्री सिन्जे आबेको अन्त्येष्टि समारोहमा सहभागी हुन मोदी टोकियो पुगेका हुन् । आबेको गत जुलाई ८ मा जापानको नारा सहरमा हत्या भएको थियो ।

चुनाव प्रचार प्रसारको सिलसिलामा नाराको मुख्य चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहार हुने बित्तिकै उनलाई अस्पताल लगिए पनि चिकित्सकले बचाउन नसकिएको भन्दै मृत घोषणा गरेका थिए । कडा सुरक्षाका बीचमा पनि उनको हत्या भएपछि धेरैले आश्चर्य मानेका थिए । आम नागरिकमा निकै लोकप्रिय नेताका रुपमा चिनिएका आबेको अचानक हत्या भएपछि विश्वभरबाट दुःख व्यक्त भएको थियो ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेको ७६ वर्षको उमेरमा हत्या भएको हो ।

प्रतिक्रिया