बैंकको ब्याजदर चाडै नै घट्छ, यो स्थायी होइन : डेपुटी गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर घट्ने बताएका छन् । उनले बैंकको ब्याजदर घट्ने भन्दै व्यवसायीहरू आत्तिनु नपर्ने बताए ।
बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले बैंकको ब्याजदर घट्ने बताएका हुन् । उनले बैंकको ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै चाँडै घट्ने दाबी गरे ।
‘समय सधैँ एकै किसिमको बस्दैन, कोरोनाको अढाई वर्षे काल र पछिल्लो रुस र युक्रेन युद्धले ८ महिनाको समयमा विश्व अर्थतन्त्रमा केही मन्दीको संकेत देखापर्न आएको छ, अन्तर्राष्ट्रिय स्तरमा तथा नेपालमा केही बैंक ब्याजदर बढेको छ, त्यो एक किसिमको ट्रेण्ड हो, तलमाथि भइरहन्छ,’ उनले भने, ‘हामी आत्तिनुपर्ने अवस्था रहँदैन, मुलुकको अर्थतन्त्र जुन किसिमले हेरिरहेका छौँ, राष्ट्र बैंकले हरेक महिना तथ्यांक निकाले गरेको छ, तथ्यांक हेर्दा नेपालको अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा छैन ।’
उनले अहिले संसारभर ब्याजदर बढाउने ट्रेण्ड चलेकाले नेपालमा पनि त्यसको प्रभाव परेको बताए । उनले नेपालमा रेमिट्यान्स तथा विदेशी पर्यटनको आगमन बढेकाले अर्थतन्त्रमा थप सुधार आउने दाबी गरे ।
यस्तै, उनले कृषि र पर्यटनको विकासबाट नै मुलुकलाई आत्मनिर्भर बनाउन सम्भव रहेको बताए । उनले मुलुक आत्मनिर्भर बन्न लामो पाइला चलाउन आवश्यक भएको भन्दै सरकार र निजी क्षेत्र सबै मिलेर जानुको विकल्प नभएको उल्लेख गरे ।















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया