दसैंका लागि कोका कोला नेपाल र सन्तोष शाहको विशेष रेसिपी

काठमाडौँ । नेपालीको महान चाड दसैंलाई लक्षित गरेर कोका कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर विशेष पाँच वटा रेसिपीहरु तयार गरेको छ ।
दसैंँमा विशेष खाइने परिकार सेल रोटी, खसीको पक्कु, आलु÷कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकाले यी रेसिपी दसैंका लागि अत्यन्तै उपयुक्त छन् ।
कोका कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गरेर यी रेसिपी भिडियो हेर्न सकिने छ । कोका कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुने छन् । यसका साथै उपभोक्ताले आफूले बनाएको परिकारको भिडियो कोका कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्ने छन् । यसरी भिडियो राख्नेमध्ये तीन जना भाग्यशाली विजेताले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउन सक्ने छन् ।
उक्त सहकार्यको बारेमा बोल्दै सेफ सन्तोष शाहले भने, ‘दसैंँको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्छ । यो वर्ष मैले कोका–कोलासँग मिलेर दसैंँमा खाइने ५ विशेष परिकारहरुको रेसिपी यहाँँहरुलाई दिँदै छु, यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु, आशा छ, यहाँँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनु हुनेछ र सँगै बसेर रमाइलो गर्दै खानु हुनेछ, यसरी यी परिकार बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला ।’
यस्तै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो मौलिक स्वादप्रति एकदमै गर्व गर्नु हुन्छ, त्यसैले वहाँँहरुको लागि मास्टर सेफ सन्तोष शाहसँग मिलेर दसैंँ विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ, हामीलाई आशा छ वहाँँहरुले पनि यी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोका कोलासँग स्वाद लिनु हुनेछ ।’
कोका कोलाले यो वर्षको आफ्नो दसैंँ क्याम्पेनको एउटा भागको रुपमा मास्टर सेफ सन्तोष शाहसँग सहकार्य गरेको हो । ‘सम्बन्ध उत्सव स्वादसँग’ थिम राखिएको यो क्याम्पेनले दसैंँको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्वित गरेको छ ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया